काठमाडौँ | सर्वोच्च अदालतको सुरक्षा एकाइमा कार्यरत एक प्रहरी जवानले आफ्नै प्रेमिकाकी ६ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ। ललितपुर जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले २८ वर्षीय प्रहरी जवान भुवन रण लुहार (भुवन राम लुहार) विरुद्ध जन्मकैदको माग गर्दै अभियोगपत्र दायर गरेको हो।बैतडीको दशरथचन्द्र नगरपालिका-४ घर भएका लुहार सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी एकाइ, रामशाहपथमा कार्यरत थिए।घटनाको विवरणअभियोगपत्रका अनुसार घटना २०८२ पुस १८ गते रातिको हो। मदिराले लठ्ठ भएका लुहार ती महिलाको डेरामा पुगेर झगडा सुरु गरेका थिए। लुहारले कुटपिट गर्न थालेपछि ज्यान जोगाउन महिला कोठाबाहिर भागेकी थिइन्।कोठामा ६ वर्षीया छोरी र सानीमाकी छोरी मात्र रहेको हुँदा केही समयपछि ती महिला पुनः डेरामा फर्किन्। फर्किने क्रममा झ्यालबाट चिहाउँदा लुहारले आफ्नी नाबालिका छोरीलाई जबर्जस्ती गरिरहेको देखेपछि उनी स्तब्ध भइन्। उनले तत्कालै बाहिरबाट इँटा उठाएर लुहारलाई दुई पटक प्रहार गरेकी थिइन्, जसलगत्तै लुहार त्यहाँबाट फरार भएका थिए।कैद र जरिवानाको मागदाबीपीडित महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेश गएको र लामो समयदेखि सम्पर्कविहीन रहेको खुलेको छ। महिलाले प्रहरीमा उजुरी दिएपछि यो जघन्य अपराध बाहिर आएको हो।प्रहरीको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले लुहारविरुद्ध जन्मकैद र ७ लाख रुपैयाँ जरिवानाको मागदाबी गर्दै अदालतमा मुद्दा बुझाएको छ। हाल उनीमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ।
आफ्नै प्रेमिकाकी ६ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरी जवानविरुद्ध मुद्दा दायर
